Friday, May 27, 2011

ढुङ्गा हिडन थालेपछि बैज्ञानिक पनि छक्क







ढुङ्गा निर्जीव हो भन्नेमा दुईमत छैन् । अब निर्जीव मानिएको यस्तो वस्तु आफै हिड्न थालेपछि भने सर्वसाधरण मात्र हैन, बैज्ञानिकहरु पनि हैरान भएका छन् । विषम वातावरणीय परिस्थितीका कारण मानिस नबस्ने अमेरिकाको ‘डेथ भ्याली’ मा यस्तै घसि्रएर आफै हिड्ने कैयौ ढुङ्गाहरु फेला परेका छन् । समथर भूमिमा ती ढुङ्गाहरुले बनाएको गोरेटो बाटोहरु पनि प्रष्ट देख्न सकिन्छ । ग्रीष्ममा सुख्खा अनि अलिअलि हिलो हुने र हिउँदमा हिँउले छोपिने उक्त उपत्यकाकोे अनुसन्धानका लागि भूगर्भशास्त्रीहरुको एक समूह त्यहाँ पुगिसकेको छ ।
विगत एक दशकदेखि भइरहेको ढुङ्गाको चालले प्रकृतिको अर्को रहस्य बाहिर ल्याएको बताउँछन् अनुसन्धानमा संलग्न भूगर्भशास्त्रीहरु । जसमध्ये केहि भन्छन्- ‘समथर भूभागमा माटो अलि नरम हुँदा र हल्का हिँउ परेपछि ढुङ्गा हिड्ने गर्छ ।’ तर अर्का थरी भूगर्भविदहरु भने यस्तो निष्कर्षमा सहमत छैनन् । ग्रीष्म याममा ढुङ्गा नै सुक्न तातो तापक्रममा ढुङ्गा घस्रने हुँदा हिलोले चिप्ल्याएको हुन सक्ने सम्भावनालाई उनीहरुले अस्विकार गरेका छन् । त्यसमाथि ढुङ्गाले सानो खाडल नै बनाएर अगाडि गतिशिल भएको भू-दृश्य यत्रतत्र देख्न सकिन्छ । अचम्म लाग्दो कुरा के छ भने ढुङ्गाहरु एक अर्कासँग समानान्तर भएर अघि बढेको पाइन्छ ।
वर्ष बित्दै जाँदा ती ढुङ्गाहरुले पनि आफ्नो बाटो परिवर्तन गर्ने गरेको भूगर्भशास्त्रीहरुले पत्ता लगाएका छन् । केहिले रेखीय र अन्यले अण्डाकार, बाङ्गोटिङ्गो ट्रयाकहरु बनाएको देखिन्छ । यद्यपी कसैले पनि अहिलेसम्म नाङ्गो आँखाले हिडेको नदेखेको र यसको गतिबारे थाहा नपाएको बताएका छन् ।
२ देखि ५ वर्षको अवधिमा केहि ढुङ्गाभन्दा अन्य ढुङ्गाले बढी नै दुरी तय गरेको भूगर्भशास्त्रीले बताएका छन् । ढुङ्गा कसरी हिड्यो अनि ट्रयाकहरु कसरी बने, यो अझै रहस्य नै छ ।





Tuesday, May 17, 2011

१. चुनाव हारेर पनि प्रधानमन्त्रि हुन पाइने राष्ट्र--- नेपाल२. भष्ट्राचारीको अभियोग लाग्नेहरुको जमातले भरिएको पाट्री--- नेपाली काग्रेंश३. जलस्रोतको धनि राष्ट्र नेपाल को जनतालार्इ उपहार--- लोडसेडिङ४. आफ्नै पाट्रीको सरकार ढालेर आफु प्रधानमन्त्रि हुन खोज्ने महान कम्युनिस्ट नेता— झलनाथ खनाल५. प्रधानमन्त्रिको लागी मरिहत्ते गर्ने महान क्रान्तिकारी कम्युनिस्ट नेता--- पुष्पकमल दाहाल ʿप्रचण्डʿ६. गणतन्त्रको उपहार--- हत्या,अपहरण,असुरक्षा,महँगीं७. महिला पुरुष बराबर हो भन्ने तर आरक्षणको माग गर्न कहिल्यै नछोड्ने--- नेपाली महिला८. बिकासमा भन्दा बिनासमा सहभागी हुने जनता--- नेपाली९. जे गर्दा मरे पनि सहिदको सम्मान दिने राष्ट्र--- नेपाल१०. नेपाली महिलाहरुको प्रिय----- हिन्दी सिरियल

Wednesday, May 11, 2011



कुलुङ हरुको महान चाड चाक्चाकुर पर्वमा रमाइलो गर्दै महाकुलुङ्को सुन्दर ठाउँ पिचिरिम् बजारमा